एन्फा खुला सदस्यमा पनि नेम्वाङकै बहुमत


     एभरेस्ट आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित




अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय खुला सदस्य पदमा पनि पंकज नेम्वाङ पक्षको बहुमत भएको छ।

२१ सदस्यीय एन्फा कार्यसमितिका लागि सोमबार निर्वाचन भएको थियो। जसमा नेम्वाङ प्यानलको स्पष्ट बहुमत देखिएको छ।

सोमबार १३ खुला सदस्य पदका लागि भएको निर्वाचनमा नेम्वाङ पक्षका ६ र शेर्पा पक्षका ५ उमेदवारले विजय हासिल गरेका छन्। नेम्वाङ पक्षबाट अनिल मल्लले ४७, रवीन्द्र चन्दले ४६, भोजराज शाहीले ४४, महेन्द्र क्षेत्रीले ४४, विजयनारायण श्रेष्ठले ४४ मत ल्याए।

शेर्पा पक्षका मनिष जोशीले ४८, रमेश व्यञ्जनकारले ४३, मणिराज विष्टले ४२, टीका लामाले ४१, भरत बुढाथापाले ४० मत ल्याए।
दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङ गरी ४ जना उमेदवारले समान ३९÷३९ मत ल्याए।

अझै २ सदस्य पदकको टुंगो लाग्न बाँकी नै छ। बाँकी २ पदको टुंगो आगामी साधारणसभाले लगाउने एन्फाले जनाएको छ। एन्फाका विधान तथा फिफा र एएफसी प्रतिनिधिको सुझावअनुसार अर्को आगामी साधारणसभाले बाँकी सदस्य पदको टुंगो लाग्ने एन्फाले जनाएको छ।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का निर्वाचित भएका छन्। खड्काले ४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी शिक्षित पराजुलीले ४० मत ल्याए।

४ उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानलका दावा लामा, विराजजंग शाही र दीपक खतिवडा निर्वाचित भए। शेर्पा प्यानलबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भए।

महिला सदस्यमा नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ र शेर्पा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।