पोखरा । भारतिय राजदुतावासको पोखरा पेन्सन बितरण कार्यालयको हाता भित्र ७५ औं आजादीको अमृत महोत्सव कार्यक्रम तथा ८ औं अन्तरास्ट्रिय योग दिवसको अवसरमा योग शिविरको आयोजना गरेको छ ।
भारतिय पेन्सन क्याम्प पोखराका कार्यालय प्रमुख ले. कर्नल शशांक त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै आधुनिक जीवनमा योगको आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेपाल पतान्जली योग समिति का गण्डकी प्रदेशका प्रभारी योग गुरु दिपकराज सिग्देलले योग दिवसको महत्व बारे प्रकाश पारेका थिए । पोखरा नगरपालिकाका मिठु शर्माले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रम मा भारतिय पेन्सन क्याम्पका कर्मचारी र परिवार को सदस्यहरुको सहभगिता थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







