जि.स.स. कास्कीद्वारा अनुगमन तिब्र ,माछापुच्छ्रे गाउँपालिकाको निर्माणाधिन भबनको निरीक्षण


     एभरेस्ट आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित




पोखरा । जिल्ला समन्वय समिती कास्किद्वारा कास्की जिल्लामा निर्माणाधिन बिकास आयोजनाहरुको अनुगमन तिब्र पारिएको छ ।
यसैक्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको निर्माणाधीन प्रशासकिय भवनको अनुगमन सोमबार सम्पन्न भएको छ। सो क्रममा निर्माण चरण ,प्रक्रिया ,गुणस्तर, मापदण्ड र बांकी कार्यको बारेमा जानकारी सहित निरिक्षण तथा अनुगमन गरिएको छ।

कुल ६ करोड ६२ लाख रुपैयामा निर्माण सम्झौता भएको सो भवन को निर्माण कार्यको गुणस्तरीयतामा कुनै कसर बाकी नराख्न र समयमै सम्पन्न गर्न निर्माण कम्पनी नयाँ बाटो जि एस इन्जिनियरिङ्ग जे.भि.लाई आग्रह गरिएको छ जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा ,उप प्रमुख सरिता माल , जि.स.स.सदस्यद्वय लक्ष्मी दमै, सुकमाया नेपाली, जिल्ला समन्वय अधिकारी नबराज बराल सहित ,माछापुच्छ्रे गाउपालिकाका गाउपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ्ग ,उपाध्यक्ष सीता अधिकारी, इन्जिनियर ,प्राबिधिक र कर्मचारीहरु र सरोकारवालाहरु सहभागितामा अनुगमन सम्पन्न गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।