कञ्चनपुरमा बङ्गुरपालकको सङ्ख्या बढेसँगै बजारको समस्या देखा पर्न थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालकले सस्तोमै बङ्गुर र पाठा बिक्री गर्न बाध्य छन् । केही दिनअघि मात्रै रु चार हजारमा बिक्री हुने बङ्गुरका पाठाको मूल्य घटेर रु दुई हजारमा झरेको छ । बङ्गुरको मासु रु २८० प्रतिकिलोका हिसाबले बिक्री हँुदै अएकामा घटेर रु दुई सय पुगेको छ ।
चौधरीको फार्ममा पाठा र माउ गरी ५० बढी बङ्गुर रहेका छन् । बङ्गुर बेचेरै उनले वार्षिक रुपमा तीन लाख बढी आम्दानी गर्दै आएका छन । यहाँका किसानले ड्युरेक, पाख्रिवास, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुरपालन गरेका छन् ।
बङ्गुरपालन व्यवसायमा संलग्न किसान रुपा चौधरीले बङ्गुरपालन गर्ने धेरै र बजार साँघुरो भएपछि निकै समस्या भएको बताए। उनले यहाँ पालिएका बङ्गुर कैलाली, बझाङ, अछामसम्म पुग्ने गरेको जानकारी दिए । बजारमा बङ्गुरको माग थोरै छ । प्रतिस्पर्धा धेरै छ ।
त्यसै कारणले वर्षौंदेखि बङ्गुरपालन गर्दै आएका व्यापारीले व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको दीपक चौधरीले बताए । बङ्गुरको बजार प्रवद्र्धनका लागि स्थानीय तह र सम्बद्ध सरकारी निकायले सहयोग गर्नुपर्ने बङ्गुरपालकहरुको भनाइ रहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







