पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सही दिशा प्रदान गर्ने कलाकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
उनले हरेक राजनीतिक परिवर्तनमा कलाकारहरुले गीत संगीत र कलाको माध्यमबाट जनचेतना फैलाउन तथा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनीहरुको बिकासको लागि राज्यले विषेश नीति निर्माण गरि अगाडी बढ्नुपर्ने भन्दै सो को लागि राज्यका निर्णायक निकायहरुसंग आफु समन्वयमा जुट्ने बताए ।
पौडेलले सो कुरा विश्व संगीत दिवसको अवसरमा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
उनले कलाकारहरु राष्ट्रको गहना मात्रै नभएर अमुल्य सम्पति भएको हुँदा कलाकार पलायन हुने क्रम अहिले पनि विध्यमान रहेको भन्दै सो को निराकरणका लागि उनीहरुको आय आर्जनका पाटाहरुलाई व्यवस्थित बनाउन प्रभावकारी नीति निर्माणमा जोड दिए ।
सो अवसरमा पौडेलले अग्रज कलाकार सम्मरबहादुर गायक ,लोक दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, ७९ औं पटक रक्तदान गर्ने लक्ष्मण गुरुङ लगाएतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकीका प्राज्ञ सभा सदस्य शंकर बिरही गुरुङ ,गायक तारापती सुबेदी, तमुधि नेपालका अध्यक्ष होम गुरुङ , लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सह अध्यक्ष राजेन्द्र सापकोटा लगाएतले बोलेका थिए ।
प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४८ युनिट रगत संकलन गरिएको संस्थाका सचिब राजन कार्कीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







