बेलायतमा १६० वटा अन्डा, ८ किलोग्राम डार्क चकलेट र १५ किलोग्राम अरेन्ज जेली मिसाएर विश्वकै अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको ‘जाफा केक’ तयार गरिएको छ।
‘ग्रेट बृटिश बेक अफ’का पूर्वविजेता फ्रान्सेस क्वीन र म्याकभिटिज कम्पनीका कर्मचारीहरूले सो ऐतिहासिक एवं स्वादिलो केक तयार गरेका हुन्।
१७५ सेन्टिमिटर व्यासको यो केकको आकार सामान्य आकारका ६ हजार, ५ सय ५७ वटा जाफा केक बराबर छ। क्वीनले बेलायतको गट ट्यालेन्ट प्रोग्रामको १५ औँ वार्षिकोत्सवको अवसरमा ८० किलोग्रामको यो केक तयार गरेकी हुन्।
क्वीनले भनेकी छन्, ‘पाँच वर्षअघि आफैँले राखेको कीर्तिमान म्याकभिटिजसँग मिलेर तोड्न पाउँदा निकै खुशी लागेको छ। यस्तो अद्भूत केक बनाएर ब्रिटेनको गट ट्यालेन्टको १५ औँ वार्षिकोत्सव मनाउन पाउनु पनि रमाइलै कुरा हो। आशा छ, प्रत्यक्ष कार्यक्रम हेरेर दर्शकले मनोरन्जन प्राप्त गरेका छन्।’
सन् २०१३ मा दि ग्रेट बृटिश बेक अफको चौँथो सिरिज जितेकी क्वीनले सन् २०१७ मा आफ्नै गिनिज वल्र्ड रेकर्ड तोडेकी थिइन्। बकिंगघमशायरको हाइ विकोम्वेस्थित म्याकभिटिजको बेकरीमा यो केक तयार गर्न ११ घण्टा लागेको थियो।
स्काइ न्यूज
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







