एन्फा नवनिर्वाचित कार्यसमिति पदाधिकारीको सपथ आज


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित




अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमिति पदाधिकारीले आज (बुधबार) सपथ लिने भएका छन्।

एन्फाले नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण आज साँझ ५ बजे एन्फा कम्प्लेक्समा हुने जानकारी गराएको छ।

अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षहरु दावा लामा, दिपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी लगायत सदस्यहरुले आज शपथ लिनेछन्।

नवनिर्वाचित कमिटीको महिला सदस्यहरु सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यहरु मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा, भरत बुढा थापाले आजै साँझ शपथ लिनेछन्।

दीपक थापा क्षेत्री, रूपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले बराबर मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार आगामी एन्फा महाधिवेशनबाट २ सदस्य तय गरिने एन्फाले जनाएको छ। त्यस्तै, महासचिव र कोषाध्यक्ष पनि मनोनित हुनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।