कविता घर्तीमगर ,बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयले भलेबाङमा भैसी फार्म निर्माण कार्य जारी राखेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ‘पढ्दै कमाउदै कार्यक्रम’ अन्तर्गत विद्यालयले भैसी फार्म सञ्चालन गर्नको लागि फार्म निर्माण गर्न लागेको हो । प्राविधिक शिक्षा अन्तर्गत पशु भेटनरी पढाई भैरहेको उक्त विद्यालयले आर्थिक वर्ष २०७८र७९ मा सो कार्यक्रम मार्फत १० लाख बजेट प्राप्त गरेको विद्यालयले जनाएको छ ।
प्राप्त भएको सोहि बजेट अनुसार अहिले जमिन सम्याउने काम भैरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भरत बुढा मगरले बताएका छन् । उनका अनुसार निर्माण कार्य यहि असार मसान्त भित्र सकेर यहि शैक्षिक सत्रदेखि नै बच्चा सहितको ३ वटा भैसी ल्याएर उक्त कार्यक्रम लागु गर्ने योजना अनुसार काम भैरहेको छ ।
समय मिलाएर पढाईसंगै विद्यार्थीहरुले नै फार्मको रेखदेख गर्ने र भैसीको दुध तथा मल विक्रिबाट आएको आम्दानी उनिहरुलाई विद्यालयले तलवका रुपमा प्रदान गर्नेछ । यो पढ्दै कमाउदै कार्यक्रम प्राविधिक तथा साधारण शिक्षा दुवै पढ्दै गरेको विद्यार्थीहरुका लागि भएपछि अहिलेको लागि परिक्षणका रुपमा प्राविधिक तर्फका विद्यार्थीहरुलाई सम्मलित गराईने विद्यालयका प्रधानाध्यापक अमृता बुढामगरले बताईन् ।
उनका अनुसार यस खालको शैक्षिक कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक पक्षसंग जोडिन मद्धत पुग्नु भएकोले विद्यालयले भावी दिनमा कृषि क्षेत्रमा स्थानिय स्तरबाट आवश्यक जनशक्ति उत्पादन गर्ने विश्वास गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ‘पढ्दै कमाउदै कार्यक्रम’ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कृषि(बाली विज्ञान/पशु विज्ञान), ईन्जिनियरिङ(सिभिल/ईलेक्ट्रिकल/कम्युटर),वन तथा वाताबरण,निर्माण ,अटोमोवाईल,व्यवसायीक कीट(मौरी पालन,च्याउ तथा रेसम खेती लगाएतका कार्यक्रम समावेश गरेको छ ।
जसअन्तर्गत ज्ञानेन्द्र माविले कृषि तर्फको क्षेत्र पाएको थियो । यसै शैक्षिक सत्रबाट पहिलो पटक सुरुवात गर्न लागिएको उक्त कार्यक्रम के-कसरी व्यवस्थापन तथा सञ्चालन गर्ने भन्ने विषयमा विद्यालयले आवश्यक छलफल गर्ने अध्यक्ष बुढामगरले बताए ।सो विद्यालयमा ३ वर्षदेखि सञ्चालनमा आएको प्राविधिक शिक्षा तर्फ कक्षा ९ देखि १२ कक्षा सम्म कुल ७२ जना विद्यार्थी अध्ययनरत छन् ।
त्यसै गरि आजदेखि विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुका लागि कम्प्युटर तालिम सुरु गरिएको छ । विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन सहयोग गर्ने हेतुका उक्त तालिम सञ्चालन गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







