पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहालले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड पाएका छन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक दिवसको अवसरमा बिहीबार खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई एनओसी अवार्ड २०२२ बाट सम्मान गरेको हो।
ब्याडमिन्टनका प्रिन्सले पुरुषतर्फ र पौडीकी गौरिकाले महिलातर्फको उत्कृष्ट खेलाडी अवार्ड पाएका हुन्।
उत्कृष्ट प्रशिक्षकमा महिलातर्फ तेक्वान्दोकी संगिना वैद्य र पुरुषतर्फ गल्फका दिपक थापा मगरले अवार्ड पाए।
उत्कृष्ट खेल संघको अवार्ड भने नेपाल तेक्वान्दो संघले जित्न सफल बन्यो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







