फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान तल झरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८ स्थान तल झरेको हो।
नयाँ वरीयतामा नेपाल १ सय ७६ औँ स्थानमा पुगेको छ। अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा थियो।
नेपालले गएको जेठमा कुवेतमा एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा खेल खेलेको थियो। छनोटमा समूह चरणको ३ वटै खेलमा नेपाल पराजित बनेको थियो। छनोट अन्तर्गत नेपाल पहिलो खेलमा जोर्डनसँग २–०, दोस्रो खेलमा कुवेतसँग ४–१ र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० गोलले पराजित बनेको थियो।
फिफा वरीयताको शीर्ष स्थानमा ब्राजिल, दोस्रो बेल्जियम, तेस्रो अर्जेन्टिना, चौथो फ्रान्स र पाँचौ स्थानमा इङ्ल्यान्ड छन्। त्यस्तै, स्पेन, इटली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क शीर्ष १० भित्र अँटाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै…






