अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग सम्बन्ध ‘पुनः स्थापित’ गर्ने प्रयासमा उनलाई भेट्ने भएका छन् ।
प्रधानमन्त्री अल्बानीजले बिहीबार राति आफूले राष्ट्रपति म्याक्रोँको फ्रान्स भ्रमणको निमन्त्रणा स्वीकार गरेको बताएका छन् । आफ्नो नयाँ सरकारले फ्रान्सेली जहाज निर्माता कम्पनीलाई खरिद रद्द गरिएको पनडुब्बी सम्झौताको क्षतिपूर्ति रकम ८३ करोड अष्ट्रेलियाली डलर तिर्न सहमत भएको घोषणा गरेको एक हप्तापछि अल्बानीजको फ्रान्स भ्रमणको कार्यक्रम सार्वजनिक भएको हो ।पूर्व प्रधानमन्त्री स्कट मोरिसनले सम्झौता रद्द गरेपछि अस्ट्रेलिया र फ्रान्सबीचको सम्बन्ध बिग्रिएको थियो ।
मे २१ मा भएको आम चुनावमा मोरिसनलाई पराजित गर्ने अल्बानीजले फ्रान्समा स्वागतको अपेक्षा गरेको बताए ।‘मलाई राष्ट्रपति म्याक्रोँले आमन्त्रित गरेका छन । आगामी साता म फ्रान्स जानेछु ।
हामीले सम्बन्ध प्ुनः स्थापना गर्न आवश्यक छ, हामीले पहिले नै धेरै रचनात्मक छलफल गरिसकेका छौं,’ प्रधानमन्त्री अल्बानीजलाई उद्धृत गर्दै अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







