पत्रकार महासंघ गण्डकी प्रदेशको फिल्ड फोटो पत्रकारिता तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     असार १२ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरामा सञ्चालित ५ दिने फिल्ड फोटो पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।
असार ७ गतेदेखि सञ्चालित तालिममा फोटो पत्रकार प्रदिपराज वन्त र राम गुरुङले फिल्डमा नै लगेर प्रशिक्षण गराएका थिए । समापन कार्यक्रममा अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गोविन्द सुबेदीले समग्र गण्डकी प्रदेशमा नै नयाँ खालको तालिम सञ्चालनमा ल्याएको र आगामी दिनमा अझै नयाँ र सिपमुलक तालिम महासंघले दिने प्रतिबद्दता ब्यक्त गरेका छन् । सुवेदीले तालिममा सिकेका कुरा प्रयोगमा ल्याउन र आफुले जानेका कुरा अरुलाई सिकाउन पनि अनुरोध गरेका छन् ।
तालिममा दैनिक जसो प्रशिक्षार्थीले फिल्डमा गएर खिचिएका तस्बिरहरुको समीक्षा गरिने तालिमका संयोजक एवं नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य राधिका कंडेलले जानकारी दिईन । तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको महासंघ गण्डकी प्रदेशले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।