मंसिर ४ काठमाण्डौं । कान्तिपुर दैनिकमा कार्यरत चलचित्र पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।
मनोरञ्जन बिटमा लामो समयदेखी लेख्दै आएका पत्रकार गौतमको आज बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो ।
गौतमलाई मष्तिस्कको नशामा समस्या आएपछि परिवारले सोमवार भर्ना गराएका थिए ।
३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे ।
यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए । फिल्म समिक्षक समेत रहेका गौतम निडर पत्रकारितामा अग्रसर थिए । उनको बिहीवारनै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







