खलङ्गा । आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये मुगुस्थित राराताल पनि एक हो । रारा ताल पुगेर जुम्ला सदरमुकाम खलङ्गा आउने आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा यहाँका व्यवसायी रहेका छन् । यो मौसममा पर्यटक नआउँदा यहाँका होटल व्यवसाय सङ्कटमा परेको छ ।कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्यवसायीले होटलमा लगानीसमेत बढाएका थिए ।
तर, अहिले अधिकांश होटल रित्तै बनेका छन् । त्यसो त हिउँदका तीन महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले उक्त सिजनमा पर्यटकहरू नै आउँदैनन् ।
क्षेत्रीय होटल सङ्घ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटल अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए । उनका अनुसार अहिले ठूला लगानीका होटलमा पाँचवटा कोठा भरिन पनि मुस्किल छ । ती होटलहरूमा दैनिक ५० जनासम्म पाहुना राख्न सकिने सुविधा छ । होटल दौंतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको जानकारी दिए ।
उनको होटलमा १६ कोठा छन् । तर दैनिक आठ कोठा भरिन मुस्किल हुन्छ । कोरोना महामारी अघिसम्म पर्यटकलाई कहाँ राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे ।साउनदेखि भने पर्यटक बढ्ने आशा रहेको सङ्घका अध्यक्ष महतले बताए ।
उनका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त मौसम हो । पर्यटकको सङ्ख्या बढ्दै गएपछि साना होटलले लगानी बढाए भने कुनै समय पर्यटकीय होटल बनाउने होडबाजी नै चल्यो । जुम्लामा होटल व्यवसायमा झण्डै रु दुई अर्ब लगानी भएको सङ्घको अनुमान छ । सङ्घका अनुसार यो व्यवसायबाट कम्तीमा ३०० ले रोजगारी पाएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ९ मंसिर ।युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको ‘फेवा…







