पोखरा । स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सीले पोखरामा शाखा खोलेको छ । मंगलवार पोखराको न्यूरोडमा अवश्थित लाइफ केयर सेन्टर रहेको बिल्डिंगमा शाखा संचालन सुरुआत गरिएको हो ।
स्टुडेन्ट वर्ल्ड सिड्नी अस्ट्रेलियाका संस्थापक निर्देशक अक्रम मर्दिनीले कन्सल्टेन्सीको पोखरा शाखा उद्घाटन गरे । उनले
अस्ट्रेलियाको सिड्नीमा हेड अफिस रहेको स्टुडेन्ट वर्ल्डको नेपालमा पोखरामा मात्र शाखा स्थापना गरिएको जानकारी दिए ।
उच्च शिक्षाकालागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका निशुल्क बिबिध परामर्श सेवा दिने उद्देश्यसहित शाखा सञ्चालनमा आएको पोखरा शाखाका म्यानेजिङ डाइरेक्टर राजिब गिरीले बताए । ‘शैक्षिक क्षेत्रका बिबिध समस्यामा सहजिकरण गरि परामर्श दिने प्रतिबद्धताका साथ हामीले नेपालकै एक मात्र शाखाको रुपमा पोखरामा सञ्चालनमा ल्याएका हौं,’ उनले दाबी गरे ।
शुभारम्भ समारोहमा सहभागी विद्यार्थीलाई कन्सल्टेन्सीका संस्थापक निर्देशक अक्रमले उपश्थित बिद्यार्थी तथा अभिभाबकका जिज्ञासाको उत्तर दिएका थिए । उनले आफूहरु नाफामुखि नभई सेवामुखि भएको दाबी गर्दै सत्य तथ्य सूचना लक्षित समूहलाई प्रदान गरि गुणस्तरिय सेवा दिने प्रतिबद्दता ब्यक्त गरे । इन्टरनेशनल स्टुडेन्ट एजुकेसन एजेन्ट्स एसोसिएसन अष्ट्रेलियाका कोषाध्यक्ष समेत रहेका अक्रमले नेपाली बिद्यार्थीहरु अस्ट्रेलियामा दोस्रो ठूलो संख्यामा बिदेसी बिद्यार्थीको रुपमा अध्ययन गरिरहेको जानकारी दिदै गुणस्तरिय सेवाप्रतिको प्रतिबद्दताकै कारण पोखराको वस्तुस्थिति र सम्भाबना अध्ययनकालागि आफै बुझ्न आएको जिकिर गरेका थिए । उनले भबिष्यमा बिश्वासिलो वातावरण सिर्जना भए नेपाल र अस्ट्रेलियाका बिद्यार्थी बिच “स्टुडेन्ट कल्चर एक्सचेन्ज प्रोग्राम” कार्यक्रम शुरु गर्न पहल गर्ने समेत बताए ।
पोखरा शाखाका म्यानेजिङ डाइरेक्टर राजिब गिरी बिगत ५ बर्षदेखि स्टुडेन्ट वर्ल्डको हेड अफिस सिड्नीमा अकाउन्ट सेक्सनमा कार्यरत छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







