नाजी यातना शिविरका पूर्वगार्ड जेसेफ एसलाई जर्मनीको बर्लिन नजिकको साकसेन्हाउसेनमा हजारौँ बन्दीको हत्यामा प्रत्यक्ष सहयोग पु¥याएको अभियोगमा ५ वर्ष कैद सजाय सुनाइएको छ।
उनी जर्मन अदालतमा नाजी अपराधीको हैसियतले मुद्दा खेप्ने सबैभन्दा पाको उमेरका व्यक्ति भएका छन्।
विगतमा उनले सधैँ आफूले शिविरको एसएस गार्डको रूपमा काम नगरेको अडान लिँदै आएका थिए। उनलाई ३ हजार ५ सय १८ जना व्यक्तिलाई मार्न सहयोग गरेको अभियोगमा दोषी ठहराइएको हो। उनी सोभियत युद्धबन्दीलाई गोली हानेर र अन्यलाई जाइक्लोन बी ग्यास प्रयोग गरी हत्या गर्ने अवैध कार्यमा सरिक रहेको बताइएको छ।
उनका वकिलले उनलाई सफाई दिन माग गर्दै अदालतको कारावास सजायविरुद्ध अपिल गर्ने बताएका छन्। दोश्रो विश्व युद्धको दौरान साकसेन्हाउसेनमा भोकमरी, जबर्जस्ती श्रम, चिकित्सकीय प्रयोग तथा एसएसको हत्याको कारण दसौँ हजार व्यक्तिले मृत्युवरण गरेका थिए। सो यातना शिविरमा राजनीतिक बन्दीलगायत यहुदी, रोमा र सिन्टी (जिप्सी) समेत गरी २ लाख भन्दा बढी व्यक्ति थुनिएका थिए।
ब्रान्डन्वर्ग एन डर हाभेलस्थित अदालत कक्षमा आफूविरुद्ध निर्णय सुनाइनुअघि जोसेफ एसले आफू किन कठघरामा बसिरहेको भन्ने थाहा नपाएको प्रतिक्रिया दिएका थिए।
न्यायाधीश युडो लेक्टरम्यानले भनेका छन्, ‘उनको दाबी फरक भएपनि अदालतले उनले सन् १९४२ देखि करिब तीन वर्षसम्म यातना शिविरमा काम गर्ने क्रममा आफ्नै इच्छा अनुसार नै आम नसरसंहार कार्यमा सहयोग गरेको पत्ता लगाएको छ।’
सन् २०११ मा पूर्व एसएस गार्ड जोह्न डिम्जान्जुक दोषी ठहर भएदेखि मात्रै यसरी नाजी शिविरका गार्डहरूलाई मुद्दा चलाउन सम्भव भएको हो। त्यसको ४ वर्षपछि अस्कवित्ज यातना शिविरका लेखापाल ओस्कार ग्रोनिंगलाई कारावास सजाय सुनाइएको थियो। यातना शिविरका ९७ वर्षिय पूर्वसचिवविरुद्ध अहिले उत्तरी जर्मनीमा मुद्दा चलिरहेको छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







