धनुषा । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित आँप बिक्री गरी यसवर्ष मात्र रु पाँच लाखभन्दा बढी कमाउन उनी सफल भएका छन । आँप खेतीबाट राम्रो आम्दानी भएपछि महतो उत्साहित छन । निम्न मध्यवर्गीय परिवारका महतोले आँप खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आफ्नो आयस्तरमाथि उठेको उनी बताउछन ।
आँप खेतीबाटै आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउँदै आएको महतोको भनाइ छ ।सप्तरीको सुरुङ्गा नगरपालिका–८ श्रीपुुरका जगदीश चौधरीले पनि यसवर्ष आँप खेतीबाट करिब रु नौ लाख कमाइ भएको सुनाए । विगत एक दशकदेखि व्यावसायिक रुपमा आँप खेती गर्दै आएका चौधरीले आँप खेतीकै कमाईबाट पक्की भवन बनाउनुका साथै कुटानीपिसानी गर्ने मिलसमेत खरिद गरेका छन ।लहान नगरपालिका–१५ ढोढनाका अशोक चौधरीले यसवर्ष आँप राम्रै फलेको बताए ।
रमेश, जगदीश र अशोक मात्र होइन्, धनुषा, सिरहा र सप्तरीका किसानले आँप खेतीलाई मनग्य आम्दानी गर्ने माध्यम बनाएका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको श्रीपुर गाउँ आँप खेतीको लागि प्रख्यात छ । सो गाउँमा प्रायः सबैको घरमा आँप बिक्रीबाटै चल्छ ।
पूर्व–पश्चिम राजमार्गको आसपास क्षेत्रमा पर्ने सप्तरीको सीतापुर, घोघिदाहा, महुली, कल्याणपुर, सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हा, बन्दीपुर, धनुषाको वीरेन्द्रबजार, गोदार, ढल्केबरलगायत स्थानमा बढी आँप उत्पादन हुने गरेको छ ।सप्तरी, सिरहा र धनुषामा उत्पादन हुने आँप काठमाडौँ, पोखरा, बुटवलका साथै भारतीय बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । किसानले बम्बई, मालदह, दसहरी, कलकतियालगायत प्रजातिका आँप बढी उत्पादन गर्ने गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







