पोखरा । पोखराका क्रियाशील महिला पत्रकारहरुका लागि दुई दिने क्षमता अभिवृद्धिका तालिम सम्पन्न भएको छ । सञ्चारिका समुह गण्डकी प्रदेश समितीको आयोजनामा शनिवार र आईतवार गरि दुईदिने उक्त तालिम पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न भएको हो ।

तालिममा पोखराका विभिन्न सञ्चार क्षेत्रमा आवद्ध रहेका ४० जना क्रियाशील महिला पत्रकारहरुको सहभागिता रहेको थियो । उपस्थित महिला पत्रकारहरुलाई पत्रकारिता अचारसंहिताका बारेमा प्रेस काउन्सिलका सदस्य तथा सञ्चारिकाका संस्थापक अध्यक्ष दुर्गा भण्डारीले प्रशिक्षण दिनुभएको थियो भने फिचर लेखन कार्यको प्रक्रिया र खोजको विषयवस्तुमा सञ्चारिकाका पुर्व अध्यक्ष जमुना वर्षा शर्मा र पत्रकार केशव शरणले प्रशिक्षण दिएका थिए ।
तालिमको उद्धघाटन गण्डकी प्रदेश उपप्रमुख सिर्जना शर्माको प्रमुख आतिथ्यतामा गरिएको हो । उद्धघाटन समारोहमा बोल्दै उपप्रमुख शर्माले समाजमा ओझेलमा परेका व्यक्ति तथा समाजका विषयमा अवको पत्रकारिता केन्द्रित हुनुपर्ने बताएकी छिन् । समाजमा गुमनाम रहेका महिलाहरुको कथा व्यथालाई सञ्चार माध्यमबाट प्रवाह गर्न आवश्यक रहेको बताईन् ।
खोज पत्रकारितामा महिला पत्रकारहरुलाई अगाडि बढाउन प्रदेश सरकारले सक्दो सहयोग गर्न तयार रहेको बताईन् । “समाजमा भुमिगत रुपमा महिला हत्या हिंशाका घटना भैरहेका छन्,तर त्यस्ता समस्याहरुलाई बाहिर ल्याउनको लागि खोज पत्रकारिता अवश्यक छ,”उनले भनिन्,“अवको महिला पत्रकारहरु त्यसतर्फ अग्रसर हुनपर्छ,महिला पत्रकारको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु ल्याउन पर्ने हो भने प्रदेश सरकार सक्दो हातेमालो गर्न तयार छ ।”

समुहका अध्यक्ष कविता क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना,प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी ,ईम्प्रेशन नेपालका अध्यक्ष सवि शेरचन,सिदार्थ क्लवका अध्यक्ष तिर्थ क्षेष्ठ,सौन्दर्य कला व्यवसाय संघका सचिव दिपा कार्की,व्यवसायिक तालिम संस्थाका सञ्चालक लक्ष्मि गुरुङ लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन समुहका कोषाध्यक्ष उमा आलेमगरले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







