त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
अस्पतालले बुधबार एक विज्ञप्ती जारी गर्दै १४ असार (हिजो)सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम आज(१५ असार) देखि पनि निरन्तरता दिइएको जनाएको छ।
अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको जानकारी दिए। अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको उल्लेख छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






