विम्बल्डन टेनिसको पहिलो खेलबाटै बाहिरिइन् सेरेना विलियम्स


     एभरेस्ट आवाज    
     असार १६ गते २०७९ मा प्रकाशित




पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलबाटै बाहिरिएकी छिन्।

गएराति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित बनेकी हुन्।

सेन्टर कोर्टमा टानले सेरेनालाई टानले ७–५, १–६ र ७–६ को सेटमा हराइन्। अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्नेछिन्।

एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।