पोखराको दुई छुट्टाछुट्टै ठाउँमा नेलम्बोले सम्बन्धी सहयोग गरेकोा छ ।
नेलम्बोले पोखरा महानगरपालिका–४, गै¥हापाटनस्थित ज्ञानमार्ग टोल विकास संस्थालाई खुट्टाबाट संचालन गर्न मिल्ने आधुनिक हात धुने पानी टङ्की हस्तान्तरण गरेको हो।
त्यस्तै, उसले पोखराको वडा नं ३१, पचभैयास्थित शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा किसन कोइरालाले ज्ञानमार्ग टोलविकास संस्थाका अध्यक्ष नारायणकुमार श्रेष्ठलाई एक कार्यक्रमबीच टङ्की हस्तान्तरण गरेका हुन्।
त्यस्तै, नेलम्बोका अध्यक्ष देवकोटाले पचभैयास्थित शहरी स्वास्थ्य केन्द्रका उपाध्यक्ष पुरुषोत्तम अधिकारी लगायत केन्द्रका स्वास्थ्यकर्मीलाई आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






