पोखरामा ‘ह्याप्पी लिडर चेञ्ज द वल्र्ड’ सम्बन्धी प्रशिक्षण दिइएको छ।
पोखरा महानगरपालिका–४ को सहकार्यमा पोखरा लेडी जेसीजले प्रशिक्षणकोआयोजना गरेको हो।
प्रमुख प्रशिक्षक जेसीआई सिनेटर बिकल तुलाचनले प्रशिक्षण दिएका हुन्। प्रशिक्षणमा ५५ जनाको सहभागिता थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशिक्षण्को उद्घाटन गर्दै महिलाहरुले पनि यो देशको नेतृत्वमा आफ्नो योगदान देखाउन सक्ने दाबी गरे। उनले सुखी नेतृत्वका कारण देशको युवाहरुले परिवर्तनलाई अगाडी बढाउन उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने धारणा राखे। ‘सबैलाई देश विकासमा अगाडि बढ्नका लागि सर्वप्रथम यस्ता तालिम र अभ्यासको माध्यमद्वारा जीवनलाई परिवर्तन गराउँदै अगाडि बढ्नलाई पनि आग्रह गरे।
त्यसैगरी, वडासदस्य पार्वती माकाजुले पोखरा लेडी जेसीजले गरेको यो तालिमबाट धेरै महिलाहरुले उठाउन सक्ने भन्दै खुसी व्यक्त गरिन्।
पोखरा लेडिज जेसिज वर्ष २०२२ की निवर्तमान अध्यक्ष जेसी विनिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक जेसी इन्द्रायणी चालिसेले स्वागत र सचिव जेसी प्रमिला सुवेदीले कार्यक्रम संचालन गरेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







