सप्तरी । सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ ।
जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कृत गरिने प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक अरबिन्दकुमार झाले जानकारी दिए।
अखिल नेपाल कबड्डी सङ्घका कोषाध्यक्ष समेत रहेका झाका अनुसार सो प्रतियोगिता राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा सञ्चालन हुने छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







