पछिल्लो २४ घण्टाको कोरोना विवरण, थपिने भन्दा निको हुने झण्डै तेब्बर


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको दर थपिने भन्दा निको हुने झण्डै तेब्बर भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा आज ७ सय ४० जना महिला र १ हजार २ सय ५ जना पुरुष संक्रमित थपिएका छन् । यहि अवधिमा ५ हजार ३ सय ६४ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । जसमध्ये १ लाख ९१ हजार २ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा हाल २४ हजार ६ सय ६५ वटा सकृय केस रहेको जनाइएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण २२ जनाको मृत्यू भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यू हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७ जनाको कोरोनाले मृत्यू भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।