चीनको सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका लागि संभाव्यता अध्ययन गरिएको छ।
गाउँपालिकाले समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता संचालन गर्न अध्ययन गरेको हो।
गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरूप गल्फ खेलेका थिए। लोवथाङमा गल्फ प्रतियोगिता संचालनबारे तयारी भइरहेको विष्टले बताए। उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगिता संचालनका लागि आर्थिक वर्ष २०७९/०८० मा १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
गत वर्ष लोवथाङमा प्राविधिक टोली पुगेर अवलोकन गरेको थियो। गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि प्रतियोगिता संचालनको योजना बनाएको प्रदेशसभा सदस्य विष्टले बताए। लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ। त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको छ। करीब ३ किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदान छ। उक्त मैदान गल्फ खेल्न उपयुक्त भएको खेलाडी र प्राविधिकले बताएका छन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







