एक्स–गोर्खा कास्कीले फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
लमजुङको बेसीसहरमा पहिलोपटक आयोजित प्रथम महिला फुटसल प्रतियोगिताको उपाधि एक्स–गोर्खा कास्कीले जितेको हो।
सोमबार भएको फाइनल खेलमा घरेलु टिम मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हरायो। विजयी एक्स–गोर्खा कास्कीले उपाधिसहित ३० हजार रुपियाँ पुरस्कार पाएको छ।
उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार रुपियाँ प्राप्त गरेको छ । ‘हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ आयोजना गरिएको महिला फुटसल प्रतियोगितामा लमजुङको बाघेता क्लवलाई जितेर एक्स–गोर्खा फाइनलमा प्रवेश गरेको थियो। फुटसल एरिना काठमाडौंलाई जितेर मिनाङ लाङ्घाली फाइलमा प्रवेश गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







