पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् ।
बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन । उनका अनुसार केही दिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् ।साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पु¥याएको छ । बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् ।
क्वेटा नगरमा बाढीले अझ बढी क्षति पु¥याएको छ ।बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ । यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






