प्रतिनिधिसभाको बैठक २ बजे बस्ने


     एभरेस्ट आवाज    
     असार २२ गते २०७९ मा प्रकाशित





काठमाडौँ । प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणवश तोकिएको समयमा प्रतिनिधिसभाको बैठक बस्न नसक्ने भएकाले २ बजे बस्नेगरी तय भएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठकको समय निर्धारण गरेका हुन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।