साङ्केतिक तस्विर
लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भईसकेको छ । सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ । उनीहरुको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो ।
मालीका आप्रवासीहरु लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरुको निधन भएको हो ।केही महिनायतादेखि आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरुलाई स्वदेश फर्काउन थालिएको छ ।
यसरी उद्धार गरी मालीका नागरिकलाई स्वदेश पठाउने क्रममा उनीहरु र अन्य देशका पनि कतिपय नागरिकहरुको दुर्घटनामा परेर ज्यान जाने गरेको बताइएको छ ।यसक्रममा भएका दुर्घटनाहरुमा उनीहरुको ज्यान जाने गरेको छ । यही समुन्द्रिक तटमा भएका उद्धारका कार्यमा कम्तीमा पनि ६१ जनाको भने सकुशल उद्धार भएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी…






