तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकका पर्यटन व्यवसायी पर्यटन प्रवद्र्धनका लागि एकजुट भएका छन्।
बन्दीपुर र बारपाकको प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी एकजुट भएका हुन्।

बन्दीपुरमा सोमवार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरूको छलफलले दुवै ठाउँमा पर्यटक भित्राउन सहकार्य गर्ने सहमति गरेको छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर र बारपाकलाई जोड्न मितेरी साहिनो गाँस्ने निर्णय गरिएको बताए।
‘बन्दीपुर तनहुँको पुरानो सदरमुकाम पनि रहेको र यसको ऐतिहासिक महत्व पनि छ, बारपाक पनि एउटा पर्यटकीय गाउँ हो,’ उनले भने, ‘दुवै ठाउँलाई जोड्ने उद्देश्यले प्रचारप्रसार गर्ने, मितेरी साहिनो गाँस्ने लगायतका विषयमा सहमति भएको छ।’

छलफलमा बन्दीपुरस्थित पर्यटन व्यवसायी, होटल व्यवसायी, बारपाकका वडाध्यक्ष, पर्यटन व्यवसायी लगायतको सहभागिता थियो। बन्दीपुर आन्तरिक मात्रै नभई बाह्य पर्यटकको पनि गन्तव्यस्थलको रूपमा विकास भइरहेको छ। १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवार समुदायका व्यापारीले भक्तपुरे शैलीमा घर र ढुंगा बिछ्याइएको बाटो निर्माण गरेका थिए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







