नाडाल विम्बल्डनको सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित




स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा बुधबार राति अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।

दोस्रो वरियताका नाडालले ११ औं वरीयताका टेलरमाथि संघर्षपूर्ण जित निकालेको हो। ५ सेटमा लम्बिएको खेलमा नाडालले टेलरमाथि ३–६,७–५,३–६,७–५ र ७–६ (१०–४) को सेटमा जित निकाले।

३६ वर्षीय नाडालको यो ३ सय १० औं ग्रान्डस्लाम जित हो। कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले २ पटक विम्बल्डनको उपाधि जितेका छन्। अब, नाडालले फाइनल प्रवेशका लागि निक क्रिगोससँग खेल्ने छन् ।
महिलातर्फ सिमोना हालेपले सेमिफाइनलको यात्रा तय गरेकी छिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।