गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीद्धारा पदभार ग्रहण


     एभरेस्ट आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित




पोखरा । गणडकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशीले पदभार ग्रहण गरेका छन् । यहि १९ गते गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखममा पदस्थापन गरेका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।

सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले प्रमुख जोशीलाई स्वागत गर्दै प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराएका थिए।

प्रमुख जोशीले प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरु निरीक्षण गरी उक्त शाखाहरुबाट सम्पादन हुने कार्यहरुको जानकारी समेत लिएका छन् ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराका समादेशक दिल्लीराज पन्त लगायत पोखरा उपत्यका स्थित प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।