बेसलाईन एकेडेमीको रजत जयन्ती विशेष कार्यक्रम भोलिदेखि शुरु हुने


     एभरेस्ट आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा १३ मा रहेको बेसलाईन एकेडेमी स्कुलले रजत जयन्ती विशेष मनाउने भएको छ । स्कुलले विहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै स्कुल स्थापना गरेको २५ वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको हो ।

रजत जयन्तीको अवसरमा स्कुलले चित्रकला प्रतियोगिता, एकल लोक नृत्य प्रतियोगिता, अंग्रेजी स्क्रयावल प्रतियोगिता, नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।

त्यस्तै, रजत जयन्ती विशेष कार्यक्रम भोलि शुक्रबारदेखि शुरु हुने स्कुलले जनाएको छ । जस अन्तर्गत सेभेन ए साईड फुटबल प्रतियोगिता, मिनी म्याराथन प्रतियोगितापनि आयोजना गर्ने स्कुलका निर्देशक शोभालक्ष्मी पौडेलले जानकारी दिए ।

रजत जयन्तीको अवसरमा स्कुलले प्रभातफेरी आयोजना गर्नुका साथै मुख्य दिन आगामी माघ १४ गते वार्षिकोत्सव तथा रजत जयन्ती विशेष समारोह आयोजना गर्ने स्कुलका प्रबन्ध निर्देशक षडानन्द गौतमले बताए ।

२०५४ सालमा स्थापित बेसलाईन एकेडेमीले दर्जनौं शिक्षक, चिकित्सक, ईञ्जिनियरहरु, उद्यमी, व्यवसायी, खेलकुदकर्मी, कलाकार जन्माईसकेको स्कुलका शिक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।