पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु भएको छ ।

पोखरा – ५ स्थित पस्र्याङ खुडेपोखरीमा नजिकै निर्माणाधिन घरमा रङ्ग लगाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भई अहिले पोखरा – १७ घारीपाटन बस्दै आएका ४० वर्षिय कृष्णबहादुर रानामगर रहेको कास्की प्रहरीले जनाएको छ । घरमा रङ्ग लगाउने क्रममा हाइटेन्सन विद्युत लाइनको तारमा छोइन पुगेका मगर घरको २ तलाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर तिवारीले जानकारी दिए ।

मृतक रानामगरको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।