फिलिपिन्सका राष्ट्रपति मार्कोस कोभिड सङ्क्रमित


     एभरेस्ट आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित





फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस कोभिड–१९ बाट सङ्क्रमित भएका छन ।उनका प्रेस सचिव रोज बिट्रिक्स क्रुज(एन्जेल्सले शुक्रबार सो बारे जानकारी दिएका हुन । एन्जलसले पत्रकार सम्मेलनमा ६४ वर्षीय मार्कोस कोभिड(१९ को एन्टिजेन परीक्षणमा सङ्क्रमित देखिएको जानकारी दिएका हुन ।

उनलाई हल्का ज्वरो रहेको तर स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।एन्जलसले राष्ट्रपति मार्कोससँग नजिकको सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य मापदण्ड अनुसार सचेत रहेन आग्रह गरेका छन ।


मार्कोसलाई सन् २०२० मार्चमा पनि कोभिड सङ्क्रमण भएको थियो।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।