लेखनाथ। लेखनाथमा आयोजना भएको २७ दिने एडभान्स सिलाईकटाई तालिम शुक्रबार सम्पन्न भएको छ ।
अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा लेखनाथ उद्योग बाणिज्य संघको समन्वय, व्यवसायीक सीप तथा तालिम परिषद (सिटिईभिटी) गण्डकी प्रदेशको सहयोगमा भएको २७ दिने एड्भान्स सिलाईकटाई तालिम शुक्रबार सम्पन्न भएको हो ।
तालिमको समापनको अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उहाँले निरन्तर रुपमा अगाडी बढ्न, व्यवसायीक बन्नका लागि आग्रह गर्नुभयो । उहाँले सिलाईकटाई व्यवसायमा ग्राहकहरु व्यवसायी खोज्दै आउने भएकाले भएकाले यो आम्दानीको राम्रो श्रोत भएको बताउनुभयो ।
अन्नपुर्ण प्राविधिक शिक्षालयका प्राचार्य मोतिमाया सुवेदीले व्यवसायीक तालिम र प्राविधिक शिक्षाका लागि आफ्नो विद्यालय सँधै तत्पर रहेको बताउनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकाल र पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सिप सिक्नुपर्छ र केहि गर्नुपर्छ भन्ने उत्प्रेरणा जाग्नु नै सफलताको प्रतिक भएको बताउनुभयो । तालिमले प्रशिक्षार्थीलाई व्यवसायीक रुपमा अगाडि बढ्न, आत्मनिर्भर हुन र आयआर्जन गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रशिक्षक रामबहादुर घले परियारले सिकेका सिपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुुभयो ।
प्रशिक्षार्थीका तर्फबाट प्रशिक्षार्थी काशीमाया गुरुङले तालिम फलदायि भएको र यसले व्यवसायी बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो ।
तालिम व्यवस्थापन उपसमिति संयोजक एवं कार्यसमिति सदस्य धु्रवबावु भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, कोषाध्यक्ष भरतराज ओझा, तालिम व्यवस्थापन सल्लाहकार विश्वराज लामिछाने, कार्यसमिति सदस्य इन्दिरा रोका, गंगा मल्ल, विजय गुरुङ, भरत थापा, पुष्पमणि भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







