फाइल तस्विर : एमाले अध्यक्ष केपी शर्मा ओली
काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट कार्ययोजनासहित पार्टीका कामलाई सक्रियतापूर्वक अघि बढाउन केन्द्रीय विभागलाई निर्देशन दिएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठकमा अध्यक्ष ओलीले अब हुने निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्वपूर्ण रहेको स्मरण गराउँदै योजनाबद्धरूपमा लाग्नुपर्नेमा जोड दिए ।
“हामीले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउनुपर्छ । अनुशासनहीनता बढेको छ, नैतिक राजनीतिमा कमी आएको छ । पार्टीको गन्तव्य, कार्यदिशा, कार्यनीति र कार्यक्रमप्रति सहमत नहुने मानिस पार्टीमा रहन सक्दैन । जब हामी यसमा स्पष्ट छौँ भने समाजवादतर्फको यात्रामा कहीँ कतै भ्रम रहनु हुँदैन । एउटै लय, एउटै ताल र एउटै प्रतिबद्धताका साथ हामी लक्ष्यमा दृढतापूर्वक लाग्नुपर्छ ।”
उनले भने, “पार्टी छाडेर गएकालाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ । लहलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नूस् । ठूलो सङ्ख्यामा पार्टी फर्किनेको छिटै घोषणा हुनेछ । यस्तो अभियान तल–तलसम्म लैजानका लागि तपाईंहरु सबैजना लाग्नूस् ।”
बैठकमा महासचिव शङ्कर पोखरेलले विभागले गर्नुपर्ने कामका बारेमा स्पष्ट पारेका थिए , एमालेमा हाल ३३ विभाग छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







