जापानका पूर्वप्रधानमन्त्री आबेको हत्याप्रति राष्ट्रपतिद्वारा खेद प्रकट


     एभरेस्ट आवाज    
     असार २५ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज ट्वीट गरी स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन् । यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी हुन् ।

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो । यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो ।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।