पोखरा । नेपाल मगर संघ रामबजार इकाई समितिको २० औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संघको रामबजारस्थित भवनमा सम्पन्न भएको सभाको उद्घाटन नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष संगिता पुन मगरले गरिन् । सभाको उद्घाटन गर्दै पुन मगरले आजको बद्लिदो परिस्थितिसँगै मगर समुदाय पनि परिवर्तित हुनुपर्नेमा जोड दिइन् ।
समाज परिवर्तको लागि शैक्षिक, राजनीतिक र व्यवसायिक चेतनाको स्तर बृद्धि हुनु जरुरी रहेको उनले बताइन् । पोखरा महानगरपालिका वडा नंं १५ का वडाध्यक्ष तोरण बहादुर बानियाले समुन्नत राष्ट्र निर्माणको लागि समुदाय विभाजित भएर होइन एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले पूर्वाधार विकासले मात्र देश विकास असम्भव भएकोले अबको समय मानविय चेतनाको विकासमा जोड दिने खालको कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यलय कास्कीका पूर्व उपचिव गगन थापा मगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु राना मगर। नेपाल मगर महिला संघ रामबजार इकाई समितिका अध्यक्ष लक्ष्मी थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सारधारण सभामा नेपाल मगर संघ रामजार इकाई समितिका सचिव क्या. अमर बहादुर राना मगरले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सु. सन्त बहादुर थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी नेपाल मगर महिला संघ रामजबारको सांगठनिक प्रतिवेदन सचिव रेनु थापा मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता आलेमगरले प्रस्तुत गरेका थिए ।
यसैगरी नेपाल मगर युवा संघ रामबजारको सांगठनिक प्रतिवेदन सचवि दिलबहादुर विर्कटा मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शान्ती थापा मगरले प्रस्तुत गरेका थिए ।
भलाई कोषको गतिविधिको बारेमा चित्रबहादुर थापा मगरले र आर्थिक प्रतिवेदन ना.सु. खुमबहाुदर थापा मगरले प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा प्लस टु देखि उच्च शिक्षा हासिल गर्ने समाजका विद्यार्थीहलाई सम्मान गरिएको थियो भने ८० वर्ष नाघेका बृद्धाबृद्धालाई खादा सम्मन पत्र र लौरो उपहार दिएर सम्मान गरिएको थियो । साथै कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारहलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ रामबजार इकाई समितिद्वारा निर्माण गरिएको सालैजो म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
संघका कार्यबहाक अध्यक्ष सुधा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव क्या. अमर बहादुर राना मगरल र स्वागत मन्तव्य महिला संघका अध्यक्ष लक्ष्मी थापा मगरले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







