फाइल तस्विर : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेकोे बताएका छन् ।
सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताए ।
उनले भने, “मधेसको समस्या समाधान गर्न र मधेसी समुदायको समृद्धिका लागि म जनताको साथमा छु ।” नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको पार्टी भएको उल्लेख गर्दै मन्त्री कार्कीले कांग्रेसले सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढिरहेको दाबी गरे । उनले देशमा हिमाल, पहाड र मधेस गरेर तीन वटा भगौलिक क्षेत्र भएको बताउँदै कांग्रेसले विसं २००७ देखि नै मधेसलाई उच्च प्राथमिकताको साथ हेरिरहेको दाबी गरे ।
नागरिकता समस्याबाट मधेसका युवालाई ठूलो समस्या भएकाले यसलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको मन्त्री कार्कीले जानकारी दिए । जसपा नेपालसहित विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकालाई उनले फूलमाला र अविर लगाएर स्वागत गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





