आज असार शुक्ल एकादशीका दिन अर्थात् तुलसी रोप्ने दिन।
आजको दिन घर–घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदैछ।
असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ। कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ।
विष्णु भगवान् चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मंगल कार्यहरू जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन। कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीपछि मात्र मंगल लगन तथा मुहूर्तहरू रहन्छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







