आजदेखि १० औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता आज (आइतबार) देखि हुने भएको छ।
नेपाल पौडी संघको बार्षिक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी २२१ खेलाडीको सहभागिता रहने संघले जनाएको छ।
प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्देश्यले जुनियर विधाका १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्ष मुनिका प्रत्येक विधाका १ महिला र १ पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघले जनाएको छ।
मित्र राष्ट्र चीनमा आयोजना हुने १९ औं एशियन प्रतियोगिताका लागि खेलाडी छनौट समेत गरिनेछ। यस प्रतियोगिताबाट खेलाडीले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडी छनोट गरिनेछ।
यस प्रतियोगिताका अवसरमा नेपालमा २ बर्षअघि सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सर्वाधिक पदक जित्दै इतिहास रच्न सफल गौरिका सिंह लगायत अन्य खेलाडी र पदकधारीलाई नगद पुरस्कार सहित सम्मान गरिने संघले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





