बाजुराको बुढिगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ।
एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार रंगबहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्। मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ।
त्यस्तै, नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी खडकाले ३ हजार ७ सय ५३ मत ल्याएकी छन् भने नेपाली काँग्रेसका उपप्रमुखका उम्मेदवार रिता शाहीले ३ हजार १ सय ५३ मत प्राप्त गरेकी छन्। उपप्रमुखमा ६ सय मतले एमाले अगाडि छ।
अहिले, वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ। ऋाज ११ बजेभित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ।
बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ। ८ वटा वडाको मतगणना सकिएको छ। अब २ वटा वडाको गणना बाँकी छ। मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी बनेका छन्। वडा नम्बर ४, ७ र ८ मा काँग्रेस विजयी बनेका छन्।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो। बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन्।
कुल मतदाताको ६६।८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको बाजुराको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बैशाख ३० गते भएको चुनावमा भने ७५।५८ प्रतिशत मत खसेको थियो।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा १ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







