बागमती । संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी पञ्चवर्षीय योजनातर्जुमाका लागि बागमती प्रदेशस्तरीय परामर्श गोष्ठी आज हेटाँैडामा सम्पन्न भएको छ । गोष्ठीमा सन् २०२३ देखि २०२७ सम्म हुने पञ्चवर्षीय संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी प्रस्तुतीकरण गर्नुका साथै त्यसको जानकारी गराइएको थियो ।
कार्यक्रमको उद्देश्य नेपालमा संयुक्त राष्ट्रसङ्घीय सहयोगको समन्वयका लागि अल्पकालीन र मध्यकालीन विकासका प्राथमिकता माथि छलफल र परामर्श गर्नका लागि तथा नेपालको विकासमा संयुक्त राष्ट्रसङ्घको रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्नुरहेको छ ।
बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित तथा संयुक्त राष्ट्रसङ्घ नेपालको सहयोगमा गरिएको सो कार्यक्रममा उक्त आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले समाजवादोन्मुख आर्थिक तथा सामाजिक व्यवस्था हुनुपर्ने र त्यसतर्फ कार्यक्रमले जोड दिनुपर्ने बताए ।
संयुक्त राष्ट्रसङ्घले कुनै पनि कार्यक्रम बनाउँदा सबै पक्षलाई समेटिनेगरी बनाउनुपर्ने सुझाव दिँदै उनले सयुक्त राष्ट्रसङ्घले निमार्ण गरेको योजना तथा कार्यक्रम तोकिएका समयमा पूरा गर्नुपर्ने बताए ।आयोगका सदस्य प्रह्लाद लामिछानेले सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमबारे जानकारी दिनुपर्ने उल्लेख गर्दै कार्यक्रम समयमा सम्पन्न गर्नुपर्ने विचार व्यक्त गरे । संयुक्त राष्ट्रसङ्घ नेपालका तेजमाया डङ्गोलले उक्त कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







