बाजुराको बूढीगङ्गामा एमाले विजयी


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित




बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित भएका हुन् ।

बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित भए । उपप्रमुखमा कांग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताए ।

विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा कांग्रेसका दीपक विक्रम शाह र तारा खातीसँग पराजित ुभएका थियो । कांग्रेसले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थियो । दश वडा रहेको नगरपालिकामा सातमा एमाले तथा तीनमा कांग्रेस विजयी भयो ।  

एमालेले १, २, ३, ५, ६, ९ र १०  वडामा  जितेको छ भने कांग्रेसले ४, ७ र ८ मा जितेको छ । विसं २०७४ मा ६ वडामा मात्र एमाले विजयी भएको थियो । नगरपालिमा १३ हजार ६५९ मतदाता थिए । ६६.८३ प्रतिशत अर्थात् नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।