‘बेबी फेशन शो’का बिजेता घोषणा


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको न्यूरोडमा रहेको बेबील्यान्ड स्टोरमा आयोजित ‘बेबी फेशन शो’का बिजेता घोषणा भएको छ । ६ महिना देखि ८ बर्ष उमेर समुहका ३० जना बालबालिका बिच भएको तीन उमेर समूह बीच भएको प्रतियोगिताको बिजेताहरु घोषणा गरिएको हो ।

जस अनुसार ६ महिना देखि २ बर्ष उमेर समुहबाट प्रेसियस गुरुङ बिजयी भएका छन् । त्यस्तै २ बर्ष देखि ५ बर्ष उमेर समुहमा दर्शन गुरुङ बिजेता बनेका छन् भने ५ बर्षदेखि ८ बर्ष उमेर समुहमा काव्या गुरुङ बिजयी भएको बेबील्याण्ड स्टोरले जनाएको छ । फाईनल प्रतिष्पर्धामा प्रत्येक समूहमा १०÷१० जना गरेर ३० जनाबीच प्रतिष्पर्धा भएको थियो । उनी ९८ जनाबाट छानिएर अन्तिम ३० मा चयन भएका थिए ।

बिजेताहरुलाई नगद पाँच हजार बराबरको सपिङ भौचर, मिमि ब्राण्ड तथा डक्टर ब्राउन ब्राण्डको तर्फबाट गिफट हयाम्पर प्रदान बेबील्याण्ड स्टोरका सञ्चालक प्रदीप बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितामा रत्ना बज्राचार्य, प्रिती श्रेष्ठ र मोहम्मद सिद्धिकी निर्णायकका रुपमा रहेका थिए भने बिजेताहरुलाई उनीहरुले पुरस्कार प्रदान गरेका थिए ।

सहभागिका अभिभावकको तर्फबाट नगेन्द्र थापाले बोल्दै बेबील्याण्ड स्टोरले साना बालबालिकालाई फेशन सो को माध्यमबाट प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेका बताए । उनले भविष्यमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा बेबील्याण्डकी प्रबन्ध निर्देशक रत्ना बज्राचायले धन्यबाद दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।