पोखरा रंगशालाको कभर्डहलमा आगलागी


     एभरेस्ट आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित




पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ।

कभर्डहलको उत्तर पूर्वको भागमा आइतबार साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताएका छन्।

उनका अनुसार आगलागीपछि कभर्डहलभित्र संचालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भएको थियो।

प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः संचालनमा ल्याइएको हो। समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति हुन भने पाएको छैन। क्षतिको विवरण आउन बाँकी छ। नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हक्कीको फाइनल खेल संचालन भइरहेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।