पोखरेली स्क्वास खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम दिइएको छ।
स्क्वास र्याकेट्स एशोसियसन (एसआरए) कास्कीको आयोजनामा २२ देखि २५ गतेसम्म बेलायती लेवल थर्ड कोच ह्यारी हेथककले पोखरा रंगशालास्थित स्क्वास कोर्टमा तालिम दिएका हुन्।
सिनियर खेलाडी तथा प्रशिक्षक रक्षा लामाका अनुसार उक्त तालिममा महिला र पुरुष गरी २० जना बढिको सहभागिता थियो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरे। कार्यक्रममा प्रशिक्षक ह्यारी हेथककलाई ढाका टोपी ओढाएर सम्मान समेत गरिएको थियो।
कार्यक्रमममा गुरुङले खेलकुद आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने धारणा राखे।
‘खेलकुदको कुनै सीमाक्षेत्र हुदैंन। जसले हामीलाई सजिलै जोड्न मद्दत गर्दछ,’ उनले भने, ‘त्यसैले खेलकुद एउटा त्यस्तो पावर हो।’
उनले विदेशी प्रशिक्षकको उपस्थितिले खेलाडीहरु प्रेरित भएको बताउँदै तालिमले खेलाडीका लागि समापन नभई सुरुवात भएको बताए।
‘तालिम सकिएपनि यो तपाइहरुको समापन होइन। यो त बल्ल सुरुवात हो,’ उनले भने।
उनले खेलकुदसँगै स्क्वास विकासका लागि प्रदेश खेलकुद परिषद सदैब लाग्ने बताए। स्क्वासको अत्याधिक सम्भावना रहेको उनको भनाई थियो।
यसैगरी स्क्वास खेलाडी प्रयाग जोशीले धेरै पहिलेदेखि स्क्वास खेल्दै आएको बताउदै प्रशिक्षणपश्चात थप हौसला बढेको बताए । ‘खेल्न त धेरै पहिलेदेखि खेल्दै आएको हो, उनले भने, ‘यो ट्रेनिङपछि मात्रै बेसिक कुराहरु जान्न पाइयो । त्यसले गर्दापनि आफ्नो खेल बढेको जस्तो लागेको छ र थप साहस बढेको छ ।’
स्क्वास र्याकेट्स एशोसियसन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले सो तालिमपश्चात खेलाडीहरुको क्षमता अभिवृद्धि भएको बताए। उनले विविध पक्षलाई तालिममा समेटेको बताए। प्रतियोगितामा खेलाडीहरुले प्रतिस्पर्धा गर्दा सिकेको कुरालाई प्रयोग गर्नसक्ने गरी तालिम प्रदान गरेको श्रेष्ठको दाबी थियो।
यसैगरी, विदेशी प्रशिक्षक ह्यारी हेथककले नेपालमा स्क्वास कोर्ट कम भएको उल्लेख गरे। स्क्वास कोर्ट कम भएका कारण यहाँ स्क्वासका पर्याप्त खेलाडीहरु उत्पादन हुन नसकेको उल्लेख गरे। पर्याप्त मात्रामा कोर्ट भए स्क्वासमा अत्याधिक संभावना रहेको बताए। उनले नेपालमा काठमाडौं र पोखरामा मात्रै कोर्ट रहेको उल्लेख गरे। अन्यत्र शहरमा पनि कोर्ट निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







