शनिबार थपिने संक्रमित भन्दा निको हुने धेरै


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित




मंसिर ६ काठमाण्डौ । नेपालमा शनिबार थपिने कोरोना संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा दुई हजार तीन सय २३ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा एक हजार ६ सय ७४ जनामा नयाँ सङ्क्रमण पाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुुसार आठ हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पाइएको हो । यो सहति नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

यस्तै एक लाख ९३ हजार तीन सय २५ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप सात सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय पाँच पुगेको छ ।

अब नेपालमा २४ हजार नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।