संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले यमनको मानवीय अवस्था कमजोर हुदै गएकामा चिन्ता व्यक्त गरेको छ । यमनमा लागि उपप्रमुख जोसी एमसुयाले सो चिन्ता गरेका हुन् ।
उनले यमनमा दिन प्रतिदिन मानवीय सहयताको खाँचो रहेको र यो अवस्था बढ्दै गएकाले आगामी दिनमा आवश्यक सहयोग र यसका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।यहाँ खाद्यान्नका साथै औषधि समेतको अभाव हुनसक्ने अवस्था रहेको र यो अवस्था प्रतिदिन बढ्दै गएको भन्दै यसका लागि सहयोगको तयारी गर्न विश्व समुदायलाई आग्रह गरिएको छ ।यमनमा लामो समयदेखि आन्तरिक द्वन्द्व बढ्दो छ ।
जसका कारण यहाँ कम्तीमा पनि ९० प्रतिशत खाद्यान्न आयात गर्ने गरिएको छ ।यहाँ पछिल्लो सयममा इन्धन, खाद्यान्नका साथै औषधिको समेत खाँचो हुदै गएको र यसले आगामी केही वर्षमा नै झन् अभावको अवस्था निम्त्याउने भएकाले त्यसका लागि तयार रहन संयुक्त राष्ट्रसंघले आग्रह गरेको हो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


२१ औं संस्करणको असारे रोपाइँ महोत्सव लेखनाथको शिशुवामा हुने भएको छ ।…






